Comments Add Comment

दलित समुदायलाई फिल्टर बितरण 

रमेश थापा 
पाँचथर :- पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ नम्बर वडा कार्यालय आङसराङले दलित समुदायका नागरिकलाई फिल्टर बितरण गरेको छ। वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ४९ घरधुरीलाई पानी सुद्धिकरण गर्ने फिल्टर बितरण गरिएको वडा सचिव जय बहादुर तामाङले बताए।
वडाले गत आर्थिक वर्षको ५० हजार  र चालु आर्थिक वर्षको ५० हजार गरी १ लाख रुपैयाँमा ४९ वटा फिल्टर खरिद गरेको थियो। लक्षित वर्गको रकमबाट वडाका दलित समुदायका नागरिकलाई फिल्टर बितरण गरिएको वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले बताए। 
गत आर्थिक वर्षमा पनि दलित समुदायका नागरिकलाई ५ सय लिटरको ड्रम बितरण गरेको थियो। त्यस्तै यो पटक पनि पानी सुद्धिकरण गर्न प्रयोग गरिने फिल्टर बितरण गरेको जनाएको छ। वडाले वर्षेनी निशुल्क ड्रम, फिल्टर र बाल्टि जस्ता अत्यावश्यक सामाग्री सहयोग गरेको भन्दै दलित समुदायका नागरिक उत्साहित भएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ