Comments Add Comment

फिदिम नगरपालिकामा कार्यरत श्रेष्ठ मृत फेला, शुक्रवार नगरपालिकामा शोक बिदा

रमेश थापा 
पाँचथर- फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अधिकृत छौटौं तह, अहेव पदमा कार्यरत प्रवेश कुमार श्रेष्ठ मृत फेला परेका छन्। बिहिबार अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उनी सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले बताए।
धनकुटा जिल्लाको चौबिसे गाँउपालिका १, छनम्बर बुधबारे बजारमा घर भएका श्रेष्ठ केही बर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए। उनि फिदिम नगरपालिका ४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आएका थिए।
प्रहरीका अनुसार उनी सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो। फोन गर्दा नउठेको र कोठामा हेर्न जाँदा ढोका नखुलेपछि ढोका खोलेर हेर्दा सुतिरहेको अवस्थामा श्रेष्ठलाई बिहिबार मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यसै बीच फिदिम नगरपालिकाले एक दिन शोक बिदा दिने भएको छ। कार्यालयले एक सूचना सार्वजनिक गर्दै शुक्रबार १० गते नगरपालिका, वडा कार्यालय र स्वास्थ्य चौकीहरुमा एक दिने शोक विदा दिने निणर्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ