रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन हुने “कुम्मायक गोल्डकप” प्रतियोगितामा भोली कुम्मायक गाउँपालिका र फालेलुङ गाउँपालिका भिड्ने भएका छन। पालिका स्तरीय आमन्त्रण गोल्डकपको उद्धघाटन खेलमा भोली दुबै गाउँपालिका वीच प्रतिस्प्रिधा हुन लागेको हो। चैत ११ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका आठ टीम सहभागी रहने छन।
कुम्मायक–४ स्थीत पृथ्वी मा.वि. को खेल मैदानमा सुरु हुन लागेको प्रतियोगितामा सहभागी हुने आठ वटै पालिकाका खेलाडीहरुलाई यातायात, खाने बस्ने व्यवस्थापन आयोजकले गर्ने कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष रोहन घिमिरेले बताए। गाउँपालिकाले कुम्मायक गाउँपालिकाबाट खेलमा सहभागी हुने खेलाडीलाई जनही एक हजारको दरले रकम दिने जनाएको छ। खेलाडी प्रोत्साहन गर्न सो रकम दिने कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले जनाए। साथै पालिकामा बसेको कार्यपालिको निणर्य अनुसार लावतीलाई मुख्य प्रशिक्षको रुपमा चयन समेत गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उपबिजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न २० लाख ८५ हजार एक सय ६६ रुपैँया आवश्यक पर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
.png)