२८ असार, काठमाडौं । मंगलबार नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखेपछि नेपाल राष्ट्र बैंकभित्र खैलाबैला भयो ।
गभर्नर महाप्रसाद अधिकारीको नाम हुनसक्ने भन्दै एमाले निकट एक कार्यकारी निर्देशकले आर्थिक विभागका अन्य सदस्यलाई फोन गरेर सोधे– ‘एम अधिकारी’ भनेको गभर्नरसा‘ब त हैनन् ? जवाफ आयो, ‘पार्टीको विभागमा गभर्नरको नाम राख्नु के अचम्म भयो र ! ’
तर, पछि ती नेताले फोन गरेर अरु नै कोही भएको प्रष्टीकरण दिए । तर, एम. अधिकारी को हुन् भन्नेबारे एमाले नेताले बताउन सकेका छैनन् ।
घनश्याम भूसालले नेतृत्व गरेको ११ सदस्यीय अर्थ तथा योजना विभागमा योगेन्द्रबहादुर शाही सचिव छन् । एम अधिकारीसहित प्रा. डा. रामचन्द्र आचार्य, डा. रामचन्द्र भट्टराई, देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा.डा. महेश दाहाल, तिलचन्द्र भट्टराई र गोपाल खनाल सदस्य छन् ।
अनलाईन खबर
.png)