२८ असार, काठमाडौं । पार्टी एकीकरण गरेको तीन वर्षपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अलग भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी पार्टी बनेको थियो, जुन पछिल्लो समय जनता समाजवादी पार्टीको नाममा क्रियाशील छ ।
तर बुधबार भट्टराईले आफ्नो नेतृत्वमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारिक बैठक सुरु गरेका छन् भने अध्यक्ष यादव पक्ष वीरगञ्जमा भेला भएका छन् । बुधबार कार्यकारिणी समितिको बैठक गरेको यादव पक्षको केन्द्रीय समितिको बैठक भने भोलि र पर्सि गरी दुई दिन बस्ने तय भएको छ ।अनलाईन खबर
.png)