Comments Add Comment

मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका सेमिफाइनलमा 

रमेश थापा 
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा फिदिम नगरपालिकालाई १–४ को अन्तरले हराउदै मिक्लाजङ गाउँपालिकाले सेमिफाइनलको यात्रा पक्का गरेको छ। कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा फिदिमलाई १–४ गोलको फराकिलो अन्तरले हराउदै मिक्लाजुङले सेमिफाइनको यात्रा पक्का गरेको हो। 

त्यस्तै आजकै दोस्रो खेलमा हिलिहाङ गाउँपालिकालाई २–४ को अन्तरले पाखा लगाउदै फाल्गुनन्द गाउँपालिकाले सेमिफाइनको यात्रा सुरक्षित गरेको छ। उस्ले कठीन जीत निकाल्दै सेमिफाइनको यात्रा पक्का गरेको हो। प्रतियोगिताको उकृष्ठ खेल प्रर्दशन गर्ने मिक्लाजुङका बिजय तामाङ र फाल्गुनन्द गाउँपालिकाका रितिक आङ्देम्बे घोषित भए।  उकृष्ट खेलाडीलाई कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले नगद रुपैयाँ सहित पुरस्कृत गरेका थिए।  

भोलि चैत १३ गते याङवरक गाउँपालिका र तुम्बेवा नगरपालिका बीच खेल हुने भएको छ। सोही दिनको दोस्रो सेमिफाइनल खेल कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका बीच दिउसो ३ बजे हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए। 

प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उपबिजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ