मोरङ, असार २९ गते ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-१ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे पथरी शनिश्चरे-१ का ३६ बर्षीय बिर बहादुर थपाले घरमा ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृतले जानकारी गराउनुभएको छ ।
.png)