Comments Add Comment

निवर्तमान वडा अध्यक्षले गरे, कुम्मायकका ४० विद्यार्थीलाई स्कुलव्याग वितरण

मनोज थापा  
यासोक-पाँचथरको कुम्मायक गाउँपालिकाका निर्वतमान वडाअध्यक्ष यामवहादुर बोहोराले जन्म दिनको अवसरमा विद्यार्थीलाई झोला वितरण गरेका छन् । बोहोराले ६२ औं जन्मदिनको अवसरमा कुम्मायक गाउँपालिकाको वडा नं. ५ स्थीत हिमालय र देउराली आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्कुलव्याग (झोला) वितरण गरेका हुन्। 
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले हिमालयका २५ जना र देउराली आधारभूत विद्यालयका १५ गरी ४० जना विद्यार्थीहरुलाई स्कुलव्याग (झोला) वितरण गरेका थिए। हिमालय आधारभूतका कक्षा १ देखि ५ सम्म र देउराली आधारभूत विद्यालयका १ देखि ३ सम्म अध्ययान गर्ने विद्यार्थीहरुलाई स्कुल व्याग झोला वितरण गरेको बोहोराले बताए। जन्मोउत्सव भोज भत्तेर गरेर मनाउने चलन छ। तर आफूले निःस्वार्थ भावनाले बालवालिकाहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको हो बोहोराले भने। 
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख प्रदिप सिं तामाङले जन्मदिनको अवसरमा बालवालिकाहरुको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान दिएको भन्दै बोहोराको प्रशंसा गरे। तामाङले विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन अभिभावक र विद्यालयले चासो दिनुपर्नेमा जोड दिए सोही अवसरमा हिमालय आधारभूत विद्यालयका प्र.अ कमला बोहोरा, देउराली आधारभुत विद्यालयकी यमुना लुइटेल र सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर पाण्डे लगायतले बोहोराको जन्म दिनको अवसरमा शुभकामना दिएका थिए। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ