Comments Add Comment

चौथो कुम्मायक गोल्डकपको च्याम्पियन याङवरक गाउँपालिका

रमेश थापा
पाँचथर :पाँचथरको कुुम्मायक गाउँपालिकामा जारी चौथो कुम्मायक गोल्डकप प्रतियोगिताको च्याम्पियन याङवरक गाउँपालिका भएको छ।
बुधवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा फाल्गुनन्द गाउँपालिकालाई ३–१ को सहज जित निकाल्दै याङवरक च्याम्पियन बनेको हो। खेलको सुरुवाती ६ मिनेटमा याङवरकका टिम क्याप्टेन सुुमन योङ्याले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। दबावमा परेको फाल्गुुनन्दको तर्फबाट ३३ औं मिनेटमा विनोद नेम्बाङले गोल गर्दै बराबरीमा रोके। तर लगतै उकृष्ट खेल प्रदर्शन गरेको याङवरकका लागि पुुस्कर काम्बाङले ३८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। 
 दोश्रो हाफको १७ औं मिनेटमा याङवरकका लागि क्याप्टेन सुुमन योङ्याले पुुनः गोल गर्दै गोल ३–१ फराकिलो जीत दिएका थिए । उपाधिसँगै याङवरकले रु. १ लाख ११ हजार १११ पुरस्कार सहित तीन वर्षे ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता फाल्गुनन्दले रु. ५५ हजार ५५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले बताए । प्रतियोगिताका विजेता र उपविजेतालाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि कुुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले पुुरस्कार प्रदान गरे। 
फाइनल खेलमा दुुई गोल गरेका याङवरकका योङ्या प्रतियोगिताका उत्कृष्ट फरवार्ड घोषित हुँदै पुरस्कृत भए । फाइनल खेलको उत्कृष्ट खेलाडी याङवरककै पुुष्कर काम्बाङ घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडी याङवरक जमिन लिम्बू घोषित हुँदै रु. १५ हजार पुुरस्कार प्राप्त गरे। 
प्रतियोगिताको उदयमान खेलाडी कुम्मायक गाउँपालिकाका सुशील लावती, उत्कृष्ट गोलकिपर याङवरकका रविन बेघा, उत्कृष्ट डिफेन्स फाल्गुनन्दका विदेश आङ्देम्बे, उत्कृष्ट मिडफिल्डर फाल्गुनन्दकै ऋतिक आङदेम्बे र उत्कृष्ट प्रशिक्षक याङवरकका तुफान क्षेत्री घोषित हुँदै जनही रु. ५ हजार पुरस्कार प्राप्त गरे। 
कुम्मायक गाउँपालिकाको प्रवद्र्धनमा कुम्मायक स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहको सहभागिता थियो। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ