Comments Add Comment

आठराई गाउँपालिकाले एकैपटक ८५ जना कर्मचारी हटाउदै

तेह्रथुम- तेह्रथुम को आठराई गाउँपालिकाले आगामी आ.व. २०७९/०८० मा करारका कर्मचारीको करार अवधी थप नगर्ने सूचना निकालेको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेका अनुसार एकैपटक ८५ जना कर्मचारीको करार सेेवा भङ्ग गर्ने गरी सूचना निकालिएको बताए ।                                           उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् ८५ जना सेवा करारमा कार्यरत कर्मचारीको दुखद बहिर्गमन भएकाले आफू दुखि भएको जनाएका छन्। गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमले सूचना सार्वजनिक गर्दै सेवा करारमा गाउँपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य चौकी लगायतका कार्यालयहरुका करारमा कार्ररत कर्मचारीलाई साउन १ गते देखि म्याद थप नगर्न  निर्देशन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ