Comments Add Comment

जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान

सुधा देव/न्युज कारखाना

सप्तरी, १९ चैत

जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरि प्रहरीले आइतबार कारागार चलान गरेको छ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ वस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताए ।

सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ