Comments Add Comment

विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लावती चयन

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका-१ स्थीत पृथ्वी मा.वि.को विद्यालय व्यावस्थापन समिति अध्यक्षमा देबेन्द्रकुमार लावती चयन भएका छन। विद्यालयका शिक्षक, अभिभावक भेलाले लावतीलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो। विद्यालयका जेष्ठ सदस्य राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कुम्मायक-१ का वडाअध्यक्ष समेत रहेका लावतीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा चयन गरिएको हो। 
लावतीको अध्यक्षतामा ९ सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। गठित समितिको सदस्यहरुमा राजकुमार श्रेष्ठ, झरेन्द्र प्रसाद खतिवडा, उमा चाम्लिङ, राधा लावती, सुर्यकुमारी नेम्वाङ रहेका छन। त्यस्तै पूर्णकुमार मिफोक, ओमप्रसाद निरौला र सदस्य सचिव विद्यालयका प्र.अ ऋषिराम गजुरेल गरी ९ सदस्य समिति गठन गरिएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ