रमेश थापा
पाँचथर -पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खच्किदै गएको छ। अभिभावको रुचि निजि विद्यालयमा बढ्दै जानथालेपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा बढाउनु पर्ने नियम बनाएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन र विद्यालय प्रतिको मोह बढाउन पालिकाले ८ कक्षासम्म सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने नियम लागु गर्न लागेको हो।
गाउँपालिकाले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयमा जनप्रनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई भर्ना गर्नुपर्ने सुचनामा उल्लेख छ। गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा २२ मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको छ। गाउँपालिकाले ल्याएको सुचनालाई कडाइका साथ पालना गर्न गाउँपालिकाले बिभिन्न अभियान र सचेतना कार्यक्रमलाई पनि संगसगै लाने गाउँपालिकाले जनाएको छ।

.png)