रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोक बजारमा अनुगमन गरिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग कार्यालय पाँचथरले सयुक्त रुपमा बजार अनुगमन गरी ४२ हजार ४४१ रुपैयाँको खाद्य पदार्थ नष्ट गरेको हो। यासोक बजारमा अनुगमन गरिएको २१ वटा पसल मध्ये १५ वटा पसलमा म्याद नाघेका अखाध्य सामाग्री फेला परेका थियो।
बजारमा म्याद नाघेका बिस्कुट, खाने तेल, मसला साथै पेयपदार्थ जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ। गत वर्ष सुझाव र परामर्श दिएको सोही अनुगमन टोलिले यस पटक भने म्याद नाघेका सामाग्री जफत नै गरेको हो। अनुगमन टोलिले म्याद नागेको अखाध्य बस्तुलाई यासोक बजारमा नष्ट गरेको थियो।
बजार अनुगमनमा घरेलु उद्योग पाँचथरका अधिकृत लक्ष्मी सुहाङ, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा सुरेश अधिकारी, पशु अस्पताल तथा विज्ञ केन्द्रका नायव सुब्बा पुष्प नेपाली कुम्मायक–१ र ४ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती र फगेन्द्र कुमार सम्बाहाम्फे, उद्योग बाणिज्य संघ कुम्मायक शाखा अध्यक्ष गोपाल पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
.png)