Comments Add Comment

नगरबासी किसानलाई कृषि औजार बितरण  

रमेश थापा
पाँचथर: तेह्रथुमको म्याङलुङ नगरपालिकाले कृषकहरुलाई कृषि औजार प्रदान गरेको छ। नगरको आर्थिक वर्ष २०७९÷८० को १२ लाख ५७ हजार २ सय रुपैयाँको बजेटबाट रैथाने बाली प्रर्वद्धन कार्यक्रम अन्तरर्गत १३ थान हाते ट्याक्टर र ८ थान कम्बाईन मिनिमिल प्रदान गरिएको हो। लागत साझेदारीको ५० प्रतिशत अनुदानबाट कृषि समुहका किसानहरुलाई औजार बितरण गरिएको नगर प्रमुख संजयकुमार तुम्बाहाम्फेले बताए।
त्यस्तै नगरबासीसंग मेयर कार्यक्रम अन्तरर्गत २९ थान हाते ट्याक्टर र ७ थान कम्बाईन मिनिमिल समेत प्रदान गरिएको छ। नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख तुम्बाहाम्फेले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमै औजार बितरण गरेका हुन। नगरपालिकाको २५ लाख २ हजार रुपैयाँबाट खरिद गरिएका उक्त सामाग्री किसानहरुलाई बितरण गरिएको तुम्बाहाम्फेको भनाइ थियो। कृषिमा लागत मुल्य घटाइ उत्पादन बढाउने उदेश्यले यान्त्रीकरणलाई जोड दिएको कार्यालयले जनाएको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ