Comments Add Comment

जीवको टोकाईबाट कुम्मायकका युवाको मृत्यु

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका—५ का एक युवाको पहिचान नखुलेको जीवको टोकाईबाट मृत्यु भएको छ । कुम्मायक—५ भुल्के घर भएका ४२ वर्षका हरी चन्द्र निरौला संखुवासभाको भोटखोला गाउँपालिका—४ को अपर अरुण जलविधुत आयोजनामा ज्यालादारीको रुपमा काम गर्दै आएका थिए । नाम नखुलेको जिवको टोकाईका कारण पाँच दिनदेखि विरामी परेका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

निरौला पहिचान नखुलेको जिवको टोकाइबाट बिरामी परेका थिए । भौगोलिक बिकटताको कारणले समयमै उपचार हुन नसक्दा उनको मृत्य भएको बताइएको छ । निरौलाका श्रीमती एक छोरा र एक छोरी गरी तीन जनाको परिवार हरेको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ