Comments Add Comment

१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास

सोलुखुम्बु, २७ चैत

एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन्।

किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए। 

आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छन्। 

घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ