Comments Add Comment

नवमीडाँडामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि कट्टाडाँगी झापा र न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागुको पोल्टामा

दिपक दुलाल,बैशाख ४
नयाँवर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित नवमीडाँडामा आयोजित नकआउट खुल्ला  फूट्बल प्रतियोगिता अन्तर्गत पुरुष फुट्बल तर्फको उपाधि कट्टाडाँगी स्पोर्टिङ क्लव झापाले हात पारेको छ । आज भएको फाइनल खेलमा प्रतिस्पर्धी नेपाल पुलिस क्लव पाँचथरलाई  २–० ले पराजित गर्दै कट्टाडाँगी झापाले उपाधि जितेको हो । 
यस्तै महिला फुट्बल प्रतियोगिताको उपाधि न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागुले जितेको छ । आजै भएको फाइनल खेलमा चोलुङ क्लव याङनामलाई २–१ ले हराउँदै चोकमागुले उपाधि चुमेको हो  ।
पुरुष फूट्बल प्रतियोगिताको बिजेता कट्टाडाँगी झापाले १ लाख २० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपबिजेता बनेको नेपाल पुलिस क्लव पाँचथरले ७० हजार रुपैया  नगद सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । यस्तै महिला फुट्बल प्रतियोगिताको विजेता न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागुले  ३५ हजार रुपैयाँ र उपविजेता याङ्नामले २० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङ्देम्बे,जिल्ला समन्मय समिति पाँचथरका सभापती रामराज आङ्देम्बे,फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ, नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापती नरेन्द्र कुमार केरुङ लगायतले पुरस्कार तथा प्रमााणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रम आयोजक तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२०७९ चैत्र २९ गतेबाट शुरु भएको  पुरुष फुट्बल प्रतियोगितामा पाँचथर जिल्ला र जिल्ला बाहिरका प्रतिष्ठत क्लवका ८ ओटा टिम र महिला फुट्बल प्रतियोगितामा ६ टिमले  सहभागिता जनाएका थिए ।


   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ