Comments Add Comment

खानेपानी उपभोक्ता समितिले पूर्णता पायो  

रमेश थापा
पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकाको तमोर पम्पिङ खानेपानी उपभोक्ता समितिले पूर्णता पाएको छ। लामो समयको प्रयासपछि निर्वाचन मार्फत उपभोक्ता समितिले पूर्णता पाएको हो। निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई  यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा पद तथा गोपनियताको सफत ग्रहण सहित प्रमाण पत्र प्रदान गरिएको निर्वाचन अधिकृत ऋषिराम गजुरेलले बताए ।  
निर्वाचनबाट समितिको अध्यक्षमा मेघराज निरौला, उपाध्यक्ष द्धोय गोपाल प्रसाद पोख्रेल र रिजवान सम्बाहाम्फे, महासचिव जकेन्द्र लावती, सचिव टंक प्रसाद पौडेल र कोषाध्यक्ष टंक बहादुर पौडेल गरी १३ सदस्य समिति निर्वाचित भएका थिए। समितिको अध्यक्ष र सचिव पदमा सहमती नहुदा निर्वाचनबाट टुङ्गो लागेको थियो भने अन्य पदहरुमा सहमतीका आधारमा समिति गठन भएको निर्वाचन अधिकृत गजुरेलले बताए ।
त्यस्तै लेखा समितिको संयोजकमा नरेन्द्र बहादुर कार्की र सदस्य द्धोय कमल प्रसाद चम्लागाई, अम्बर कुमार लावती रहेका छन । सफत ग्रहण तथा प्रमाण पत्र बितरण कार्यक्रममा समितिका संस्थापक अध्यक्ष नर बहादुर खड्काले खानेपानी योजना संचालनमा विद्युत महसुल, चुवावट र कर्मचारी व्यवस्थापन जस्ता चुनौति समाधान गर्नु पर्नेमा जोड दिए । सोही अवसरमा राजनीतिकदल र संघसस्थाका प्रतिनिधिहरुले सुख्खाक्षेत्रको खानेपानी योजना प्रभावकारी ढंगबाट संचालन गर्न सुझाव दिएका थिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ