Comments Add Comment

पाँचथरमा पिकअप दुर्घटना,एक जनाको घटना स्थलमा मृत्यु

 

पाँचथरः फिदिम नगरपालिका ११ चम्पेटारमा पिकअप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । फालेलुङ ८ लुवाफुदेखि फिदिमतर्फ आउदै गरेको मे १ ज २९५८ नम्बरका पिकअप चम्पेटारमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी पाँचथरको फालेलुङ ८ लुवाफुका २८ बर्षीय साजन केरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी धनी समेत रहेका चालक छवि अधिकारी सहित ५ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ