रमेश थापा
यासोकः पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी प्रथम तुम्बेवा अध्यक्ष कप खुल्ला फुटवल प्रतियोगिताको पहिलो दिनको दुई खेलमा आयोजक तुम्बेवा गाउँपालिका र राजघाट स्पोर्टिङ क्लव उर्लावारी क्वाटरफाइनलमा प्रवेश गरेका छन। सोमबार तुम्बेवा गाउँपालिकाको इन्देणी मा.वि.को खेलमैदानमा भएको पहिलो खेलमा आयोजक तुम्बेवाले बुढासुब्बा क्लव धनकुटालाई १–० अन्तरले हराउदै क्वाटरफाइनल प्रवेश गरेको हो। खेलको पहिलो हाफ्मा तुम्बेवाका सोम लावतीले गरेको गोल नै निर्णाय बन्यो। यो संगै आयोजक तुम्बेवा क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेलको उत्कृष्ट खेलाडी तुम्बेवाका सोम लावती घोषित हुदै नगद, मेडल र प्रमाण पत्र प्राप्त गरे।
त्यस्तै दोस्रो खेलमा योङ ब्वाइज क्लव सुनसरी धरानलाई ३–१ को अन्तरले हराउदै राजघाट स्पोर्टिङ क्लव उर्लावारी मोरङ क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेलको पहिलो हाफ्मा राजघाट स्पोर्टिङले दुई गोल गरेको थियो । भने दोस्रो हाफ्मा १ गोल गर्दै अंक ३ बनाएको थियो। धरानले दोस्रो हाफ्मा १ गोल गरेको थियो। यो संगै राजघाट क्लव क्वाटरफाइलनमा प्रवेश गरेको छ। खेलको उत्कृष्ट खेलाडी राजघाटका बुद्ध तामाङ घोषित हुदै नगद, मेडल र प्रमाण पत्र प्राप्त गरे।
प्रतियोगिताको प्रथम टिमले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। दोस्रो टीमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछ। यसरी नै तेस्रो हुने टीमले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ्। प्रतियोगिताको बैशाख १२ गते विहान ८ बजे हुने पहिलो खेलमा कुम्मायक गाउँपालिका र केवाईसी क्लब भीड्ने छन्। तुम्बेवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता बैशाख ११ गतेदेखि १५ गतेसम्म संचालन हुने गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए।
.png)