Comments Add Comment

उद्योग बाणिज्य संघले राख्यो कुम्मायकका चार स्थानमा होडिङ बोड

रमेश थापा 
पाँचथर: पाँचथरको उद्योग बाणिज्य संघ शाखा यासोकले कुम्मायक गाउँपालिकाको मुख्य चार स्थानमा होडिङ बोर्ड राखेको छ। यात्रु र सवारी साधनहरुको सुविधासंगै गाउँपालिकाको मुख्य सडकलाई चिनाउँने उदेश्यले चार वटा बोर्ड राखिएको संघका यासोक शाखा अध्यक्ष गोपाल प्रसाद पोख्रेलले बताए।


उनका अनुसार यासोक-साँवा सेरा सडक खण्ड अन्तरर्गत तमोर कोरिडोरको साठ्ठी मुरे, यासोक-फिदिम सडको रानीगाउँ र वानथाक त्यस्तै यासोक-लुवुघाट सडकको भुल्केमा राखिएको बताए। 
शाखाको ३५ हजार खर्चमा फलामे बोर्ड निर्माण गरी राखिएको छ। यात्रुहरुलाई गाउँपालिका केन्द्रका सडक र राष्ट्रिय गौरवको सडक क्षेत्रको बारेमा जानकारी दिन बिभिन्न स्थानमा बोर्ड राखिएको शाखाले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ