Comments Add Comment

करुणा पाउण्डेशन नेपालको सहकार्यमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तरगत कुम्मायकमा २ दिने तालिम सम्पन्न ।

कुम्मायक गाउँपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश करुणा पाउण्डेशन नेपाल को सहकार्यका सञ्चालित अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तरगत स्वावलम्बन समुहका लागि बचत, ऋण, व्यावस्थापन तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा करुणा पाउण्डेसन नेपालका पाँचथर जिल्ला संयोजक केदार भण्डारी र प्रशिक्षक मणिराज भण्डारीले प्रशिक्षण गर्नुभएको थियो भने उक्त कार्यक्रमको व्यावस्थापन स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्का ले गर्नुभएको थियो । साथै कुम्मायक गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङ र प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले कार्यक्रमको अनुगमन गर्नुभएको थियो । कार्यक्रममा करुणा फाउन्डेशन द्वारा स्थानीय तहमा गठन गरिएका मिलिजुली समुहका २५ जना बढीको सहभागिता रहेको थियो ।

मिति २०७८।०८। २० गते देखि शुरु भएको उक्त कार्यक्रम मिति २०७८।०८।२१ सम्म सञ्चालन भएको थियो हो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ