Comments Add Comment

ग्राहकलाई व्यवसायीक बनाउन निर्धनको पन्छी तालिम

भैरहवा, १४ वैशाख

निर्धन उत्थान तथा लघुवित्त वित्तिय संस्थाले पन्छी पालन गर्दै आएका ग्राहक सदस्यलाई व्यवसायीक तालिम प्रदान गरेको छ । 

संस्थाको भैरहवा शाखाअन्तर्गत सञ्चालित केन्द्र र समूहबाट छनोट गरी पन्छी पालन गरिरहेको ३० जना ग्राहकको स्तर उकास्दै व्यवसायीक बनाउनका लागि तीन दिने व्यवसायिक पन्छी पालन तथा पुनरताजगी तालिम दिइएको हो । 

निर्धन नक्साल काठमाडौंको आयोजना र संस्थाको संयोजनमा भएको तालिममा घरेलु तथा सामान्य रुपमा पालन गर्दै आएका सदस्यलाई मध्यम उद्यमी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको भैरहवा शाखा प्रमुख लेखनाथ काफ्लेले बताए । शाखा अन्तर्गत दुई हजार बढी सदस्य रहे पनि पन्छी पालन गरी व्यवसाय गर्दै आएका सदस्य मध्ये ३० जनालाई गुणस्तर वृद्धिका साथै व्यवसायीक निखार ल्याउन  तालिम प्रदान गरिएको काफ्लेको भनाइ छ।

संस्थाले सोही अवसर पारेर नियमित रुपमा वर्षिक गर्दै आएको ग्राहक सदस्यका छोरा छोरी सम्मानअन्तर्गत यस शाखाबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल प्रिति विश्वकर्मा र आकाश चौधरीलाई समेत नगदसहित सम्मान गरेको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ