Comments Add Comment

राष्ट्रसंघ आवासीय संयोजक हानाले भेटिन् परराष्ट्रमन्त्री

काठमाडौं, १५ वैशाख

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्र मन्त्री साउदलाई भेटेकी हुन्।

उक्त अवशरमा दुई जनाबीच नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो । नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो।

साथै, परराष्ट्र मन्त्री साउदलाई भेट्न बुधबारै नर्वेकी राजदूत टोरन ड्राम्डल पनि मन्त्रालय पुगेकी थिइन् । उक्त अवसरमा दुई जनाबीचमा द्विपक्षीय सम्बन्धका विविध पक्षको बारेमा कुराकानी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ