रमेश थापा
पाँचथर: पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा पर्ने ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन स्थानीयले माग गरेका छन। पाँचथरको कुम्मायक गाउँपालिकाको तमोर जलाशययुक्त जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै रोकिएको योजना तत्काल संचालन गर्न माग गरेको हो। समितिका अध्यक्ष नरबहादुर खड्का, कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती सहितको जनप्रतिनिधि र स्थानीयको टोलीले मन्त्री बस्नेतसंग योजना संचालन गर्न माग गरेका थिए।
पूर्वकै गौरवको आयोजना अन्तरर्गत ७५६ मेगावटको तमोर जलाशययुक्त योजना कमलागत र कमक्षतिमा निर्माण गर्न सकिने र बिगतदेखि अध्यायन, अनुसन्धान र जग्गा कारोबार रोक्का जस्ता गतिविधि हुदै आएको भन्दै योजना संचालन गर्न माग गरिएको समिति अध्यक्ष खड्काले बताए। तीन जिल्लाको भाग्य र भबिष्यसंग जोडिएको योजना पछिल्लो समयमा अन्योलमा परेको भन्दै कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले अन्योल भएको योजना संचालन हुनु पर्ने बिषयमा माग गरे।
जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले गम्भिरर्तापुर्वक लिएको बताउँदै योजना संचालनको बिषयमा सरकारको ध्यानाकर्षण भएको बताए। “बस्नेतले भने् तपाईहरुले लिएको चासो र चिन्ता प्रति सरकार गम्भिर छ । राष्ट्रिय गौरवको योजनामा सरकारबाट कुनै रोकछेक हुदैन। यो बिषयमा आवश्यक छलफल गरी चाँडै टुङ्गोमा पुग्छौ।”
त्यस्तै सोही टोलिले लगानी बोर्डका कार्यकारी निर्देशक शुशिल भट्टलाई पनि ज्ञापन पत्र बुझाउँदै आयोजना संचालनबारे ध्यानाकर्षण गराएको छ। उर्जा मन्त्रालयपछि लगानी बोर्डका निर्देशक शुसिल भट्टलाई ज्ञापन पत्र बुझाएको कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए। “हामीले योजना संचालनको भूमिका पाएको लगानी बोर्डमा पनि ज्ञापन पत्र बुझायौं। दुई हप्तादेखि तीन हप्ता भित्र योजना अघि बढाउने बिषयमा निणर्य हुने जवाफ पाएका छौ। यो सकरात्मक सन्देश हो अध्यक्ष लावतीले भने।
कुम्मायक गाउँपालिका सहित तेह्रथुम र धनकुटाका सरोकारवालाहरुको टोलीले गत आइतबारदेखि योजना संचालनको बिषयमा उर्जा मन्त्रालय र लगानी बोर्डलाई ज्ञापन पत्र बुझाएको छ। त्यस्तै १९ वैशाखमा प्रधानमन्त्रीलाई भेटेर योजनाको हालसम्मको अवस्था संगै सरकारको ध्यानाकर्षण गराउँने समितिले जनाएको छ।
तमोर जलाशययुक्त जलविद्युत आयोजना एचआईडीसीएल र चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले बनाउने भनिएको थियो। तर सम्झौता भएअनुसार पावर चाइनाले ३ वर्षमा पनि कुनै प्रगति नगरेपछि एचआईडीसीएलले लगानी बोर्डलाई सम्झौता तोड्न आग्रह गरेको थियो। योजनाबाट एचआईडीसीएल र पावर चाइना पछि हट्ने संकेतपछि तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा परेको हो।

.png)