Comments Add Comment

रास्वपाको संसदीय दलको सचेतकमा डाँगी

काठमाडौँ, १८ वैशाख:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ।

रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । “हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु”, उहाँले भन्नुभयो, “निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।”

बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ