Comments Add Comment

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर, १९ वैशाख

कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।

दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको हो ।

सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनी बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ