Comments Add Comment

धनगढीमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल

 धनगढी, ३० चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल (क्वाटर)  भेटिएको छ ।  

सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष  निर्मल शाहका अनुसार  अस्पतालमा  उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ