काठमाडौं
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर तमोर जलासययुक्त बिद्युत आयोजना सरोकार तथा समन्वय समिति अध्यक्ष नरबहादुर खड्का लगायतको टोलीले मागपत्र सहित ध्यानाकर्षण गराएका छन् । पत्रपत्रिकामा आएको खवरले सरोकारवालाहरु सबेदनशील र आक्रोशित भएको ले सो योजना तत्काल अगाडी बढाउन माग राखिएको थियो।
माग पत्र ग्रहण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो र सरकारको ध्यानाकर्षण भएकोले केही महिनाभित्रै आयोजना अघि बढाउन कार्य अघि बढेको बताउनु भयो! सो भेटमा गृह मन्त्री नारायणकाजी श्रेष्ठ र रक्षा मन्त्री पूर्णबहादुर खड्का समेत उपस्थित हुनुहुन्थ्यो ! सोही अबसरमा ताप्लेजुङ्ग जिल्लाका विभिन्न बिकास आयोजना र समस्याका बारेमा ताप्लेजुङ्का मिङ्मा डण्डु लामाले पनि मागपत्र पेश गर्नु भयो भने लिफ्टिङ् खानेपानीको बिद्युत महसुल छुट सम्वन्धमा पनि संस्मरण गराईएको थियो ! यश अघि सोही टोलीले उर्जा मन्त्री शक्तिबहादुर बस्नेत,लगानी बोर्डका निर्देशक र प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलसँग भेटि छलफल गरेको थियो !
फोटो-प्रधानमन्त्रीको सचिवालय









.png)