Comments Add Comment

खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ

धनगढी, २३ वैशाख

कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार साढे ९ बजे राति  जोशीपुर गाउँपालिका-७ वस्ने २१ वर्षीय अमृत चौधरीलाई शंकास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगरस्थित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले चौधरीलाई खानतलासी गर्दा जिन्सको हाप पाइन्टको बाँया खल्तिबाट ३ ग्राम ३ सय ४० मिलि ग्राम खैरो हेरोइन फेला पारेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ