रमेश थापा
पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–५ को प्राङ्गबुङमा थाम्सुहाङ सङ्ग्रहालय निर्माण गरिएको छ। नेपाल सहित विश्वमा रहेका थाम्सुहाङ बन्धुको वंश संरक्षण गर्ने उदेश्यले भवन निर्माण गरिएको हो। निर्माणधिन भवनको बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरेका छन। भवनको उद्गाटन गर्दै उनले मासिदै गएको आफ्नो कला सस्कृति भेषभूसाको संरक्षण गरी भावि पुस्तालाई स्मरण गर्ने बताबरण बनाउनु पर्नेमा जोड दिए । सोही उत्घाटन समारोहमा लेखक खगेन्द्र संग्रोला, इतिहासविद डा. कमल तिगेला लगायतका वक्ताहरुले वंश संरक्षणमा देखाएको सकृयता उदाहरणीय रहेको भन्दै यसलाई निरन्तरन्ता दिन आग्रह गरे।
भवन निर्माण गर्न देश विदेशका थाम्सुहाङ बन्धुहरुले रकम संकलन गरेका थिए। कुल ७५ लाख २० हजार ३ सय ६७ रुपैयाँको लगानीमा सभाहल सहितको दुई तले पक्की भवन निर्माण कार्य सम्पन्न भएको हो। पहिलो तला सभाहलको लागि प्रयोग गर्ने र दोस्रो तलामा थाम्सुहाङ वंशका इतिहास र उत्पतिको सङ्ग्रहरु सङ्ग्रहालयमा राख्ने थाम्सुहाङ सेवा समाजका अध्यक्ष भवेन्द्र थाम्सुहाङले बताए।
२०७७ साल १७ मंसिरदेखि निर्माण सुरु भएको भवन दुई वर्षमा पूरा भएको थियो । समाजले ५ लाख ७५ हजारमा ५ आना जग्गा खरिद गरी भवन निर्माण गरेको हो। देश विदेशमा २० हजार संख्यामा रहेका थाम्सुहाङहरुको उत्पति स्थल फालेलुङ गाउँपालिका भएकाले ठुलो लगानीमा सङ्ग्रहालय निर्माण गरिएको अध्यक्ष थाम्सुहाङको भनाइ छ। थाम्सुहाङ समाजले लामो समयदेखि देश विदेशमा भवन निर्माणको लागि रकम संकलन अभियानलाई तिव्रता दिएको थियो। भवन निर्माण भएसंगै थाम्सुहाङ वंशको संरक्षण र सम्वद्र्धन टेवा पुग्ने अपेक्षा गरिएको छ।
.png)