Comments Add Comment

बिष सेवनवाट सप्तरीमा एक बालिकाकाे मृत्यु

सप्तरी, २८ बैशाख । विष सेवनवाट एक १३ बर्षिया बालिकाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवकाे मृत्यु भएकाे हाे । धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

बालिका तिरहुत गाउँपालिका- ४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिईन्, सुरूमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिए पनि पछि धरान लगिएकाे हाे ।

 मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ