पाँचथर- कुम्मायक गाउँपालिकाले पालिकाको ३, ४ र ५ नम्वर वडाको विभिन्न विद्यालयमा अध्ययनरत सिमान्तकृत तथा अल्प संख्यक माझी समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालयको झोला वितरण गरेको छ ।
कुम्मायक गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजना तथा कुम्मायक गाउँपालिकाको आर्थिक सहयोगमा विहिबार विद्यालयमै पालिकाको टोली गएर ती सामाग्री वितरण गरेको हो ।
सिद्ध मा.बि. तिङदेन रानीगाँउ ,महेन्द्रोद्धय मा.बि.,कागेश्वरी आ.बि.स्याबरुम्बा, महादेब आ.वि.र त्रिभुवन आ.वि.मा अध्यनरत सिमान्तकृत तथा अल्प संख्यक माझी समुदायका बिधार्थिहरुलाई झोला तथा शैक्षिक सामाग्रीहरु बितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ,उपाध्यक्ष सीता रिजाल आचार्य, प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी, वडा न. ३ का वडा अध्यक्ष राम गजुरेल, वडा न.५ का वडा अध्यक्ष याम बहादुर बोहोरा, वडा न.४ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का, पालिकाका शिक्षा शाखा प्रमुख प्रदिप तामाङ लगायतको टोलीले ती सामाग्रीहरु विद्यार्थीलाई वितरण गरेका हुन् ।
.png)