Comments Add Comment

बसबाट ३९ केजी गाजा बरामद

सप्तरी, २१ मंसिर

कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना ५ख १५६१ नम्बरको अग्नी यातायातकाे बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेकाे थियाे ।  बस खानतलासी गर्दा गाजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले बताए ।

उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डिएसपी यादवको भनाइ छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ