Comments Add Comment

कुम्मायकमा स्थगित भएको मतदान २ घण्टा पछी सुचारु

रमेश थापा

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ४ मा २ घण्टा मतदान स्थल स्थगित भएको छ । वडाको सिध्द मा.वि. तिङ्देन मतदान केन्द्र "ख" मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको २१ वटा मतपत्र प्रदेश प्रत्यक्षको मतपेटीकामा परेपछी मतदान स्थगित भएको थियो । प्रदेश प्रत्यक्षको मतपत्र बाड्नु पर्नेमा मतदातालाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फको २१ वटा मतपत्र दिएपछी  विवाद उत्पन्न भएको थियो ।

विहान ७ बजे देखि शुरु भएको मतदानमा निर्वाचनमा खटाईएका कर्मचारीको कमजोरीका कारण ०८:१५ देखि १०:१५ सम्म मतदान  कार्य स्थगित भएको थियो ।

रोकिएको मतदान सुचारु गर्न राजनितिक दलका प्रतिनिधि मतदान अधिकृत सहितको बैठकले उक्त मतपत्रमा खसेको सुर्य चिन्हलाई सम्बन्धित राजनितिक दल एमालेको सूर्य चिन्हको र रुख चिन्हमा मत संकेत भएको मतपत्रलाई हसिया हथौँडामा कायम गर्ने निर्णय गरेको छ । त्यस्तै अन्य सम्बन्धित पार्टीको सोहि अनुसार गणना हुने  सर्वदलिय निर्णय भएपछी मतदान केन्द्र सुचारु भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ