Comments Add Comment

कुम्मायकमा लम्पी स्किनले मरे पशुचौपाय, प्रभावित क्षेत्रका किसान चिन्तित

रमेश थापा 
पाँचथर -पछिल्लो समय कुम्मायक गाउँपालिकामा लम्पी स्किनले धमाधम पशुचौपाय मर्न थालेका छन। कुम्मायक गाउँपालिकाको सबै वडामा क्रमश रोगको संक्रमण फैलिन थालेको छ। गाउँपालिकामा खोपको अभावमा किसानले पालेका गाई र गोरु धमाधम मर्न थालेको कुम्मायक–१ का किसान दान बहादुर पौडेलले बताए। ‘गोठमा पालेको एउटा लैनो गाई र गोरु मर्‍यो । केही गर्दा पनि बचाउन सकेनौं । यो रोगले गोठै रित्तिन्छ भन्ने चिन्ता लागेको छ पौडेलले भने। 
सोही वडाकै अर्का किसान डिक बहादुर बुढाथोकी पनि चिन्तित छन्। घरमा पालेका १० वटा पशुचौपाय मध्ये ६ वटामा संक्रमण देखा परेको छ । गाउँपालिकामा उपचार गर्ने भ्याक्सिन छैन भन्ने सुनियो यस्ले गर्दा झन चिन्ता लागेको छ बुढाथोकीले भने।
गाउँपालिकाका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोगको प्रकोप बढेको छ। लम्पी स्किनका कारण छालामा गिर्खा निस्किने, ज्वरो आउने, सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसानहरुको भनाइ छ।
यता गाउँपालिकाले तत्काल भ्याक्सिन ल्याउन हाताहात्ती पैसा चाहिने भएकाले तत्कालै पैसाको जोहो गरेर संक्रमित भएका पशुचौपायको उपचार थाल्ने जनाएको छ। 
यो रोगबाट कुम्मायकमा सबैभन्दा धेरै गाई भैंसी प्रभावित भएका छन्। हालसम्म २ हजार २ सय ८५ वटा गाई भैंसीमा यो रोग देखिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ