Comments Add Comment

नागरिक लगानी कोषको बोनस सेयर घोषणा

काठमाडौं, ३१ वैशाख । नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

काेषले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बोनस वितरण गर्ने भएको छ । कोषको सञ्चालक समिति बैंकले कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ