पाँचथर- तेह्रथुम जिल्ला अस्पतामा एक कार्यक्रमका बिच राज्यमन्त्री खापुङका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङवाले बिभिन्न स्वास्थ्य सामग्री तथा उपकरण बितरण गर्नुभएको हो । जसमा पोर्टेवल भेन्टीलेटर एक थान, बाईप्याप मेसिन दुई थान, अक्सिजन कन्सेन्ट्रेटर (९ लि.) को दुई थान, अक्सिजन सिलिन्डर ५० लि. को पाँच थान गरि ११ लाख ४८ हजार ४ सय ५८ रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री तथा उपकरण प्राप्त भएको जिल्ला अस्पताल तेह्रथुमका निमित्त मेडिकल सुपरिटेन्डेट डा. अनुपम घिमिरेले बताउनु भयो ।
यस अघि राज्यमन्त्री खापुङकै पहलमा जिल्ला अस्पताल तेह्रथुम सहित छथर अस्पताल, फेदाप अस्पताललाई समेत विभिन्न स्वास्थ सामाग्री तथा उपकरण वितरण गरिएको छ । हाल सम्म जिल्लामा २ करोड बढीको स्वास्थ्य सामाग्री तथा उपकरण जिल्ला भित्रिएको राज्यमन्त्री खापुङका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङवाले बताउनुभयो । राज्यमन्त्री खापुङले आफ्नो कार्यकालमा नागरिकहरलाई स्वास्थ्यको पहुँचबाट बञ्चित हुन नदिने बताउदै आउनुभएको छ ।
यसरीनै यसै हप्ता फेदाप अस्पताल , छथर अस्पताल र आठराई अस्पताललाई समेत विभिन्न स्वास्थ्य सामाग्री बितरण गरिने भएको छ। यस अघि जिल्ला अस्पताल धनकुटालाई समेत बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको मन्त्रीको सचिबालयले जनाएको छ ।
.png)