Comments Add Comment

राष्ट्रपति उम्मेदवारी दर्ता गराउन निस्केका पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयाे’

काठमाडौं, १३ फागुन। राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन ।

कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन । 

‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठक पछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिदै भने ।  उनी आफनो उम्मेदवार दर्ता गराउनका लागि सानेपावाट निस्केका छन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ