Comments Add Comment

ट्याक्टरबाट झरेर दुई बालिकाको मृत्यु 

रमेश थापा  
जेष्ठ ३ गते बुधवार
पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका–७ को भारपामा ट्याक्टरबाट झरेर दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको मेची राजमार्ग अन्तर्गत  हिलिहाङको भारपामा ट्याक्टरबाट खसेर विद्यालय जादै गरेका दुई बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गंगा सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जनाए। 
ट्याक्टरको डाईभर सिटको छेउमा रहेका दुई बालबालिका ट्याक्टरबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको थियो। त्यस्तै ट्याक्टरको डालीको बालुवामाथि बसेका अन्य दुई जना विद्यार्थी पनि घाईते भएका छन्। घाईतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरी निरिक्षक कुवँरको भनाइ छ। हेवाखोलाबाट बालुवा बोकेर सल्लेरी जादै गरेको ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए। तिव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ। ट्याक्टरका चालक तथा सह चलाक भने फरार छन। उनिहरुको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकि छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ