Comments Add Comment

कुम्मायक गाउँपालिकामा सामाजिक मनोपरामर्श सम्बन्धी १५ दिने तालिम

रमेश थापा पाँचथर 
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकामा सामाजिक मनोपरामर्श सम्बन्धी १५ दिने तालिम शनिवारदेखि सुरु भएको छ । दिव्यवाणी मिडिया प्रा.लि. को सहयोग तथा गाउँपालिकाको आयोजनामा तालिम संचालन भएको हो । चालु आर्थिक वर्ष २०७८÷०७९ को ५ लाख रकमबाट प्रत्येक वडामा तीन दिन गरी ५ वटा वडामा १५ दिनसम्म तालिम संचालन हुने भएको छ । तालिममा प्रत्येक वडाका २५ जना सहभागी हुनेछन ।
कुम्मायक-१ नम्बर वडाको तालिम उत्घाटन गर्दै कार्यक्रमको प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष सिता आचार्यले मानसिक पीडा र तनाव व्यवस्थापन गर्न यो तालिमले भूमिका खेल्ने बताउनुभयो । उहाँले समाजमा मानसिक समस्याबाट अप्रिय घट्ना घटेको भन्दै यस्तो समस्या समाधान गर्न तालिमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा १ नं. वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले मानसिक समस्याले आत्महत्या र जघन्य अपराध बढाउदै लगेको संकेत गर्दै यस्तो किसिमको समस्यालाई रोकथाम गर्न गाउँपालिकाले पहल गर्दै आएकोमा जोड दिनुभयो ।   
सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, जि.स.स सदस्य मनमाया लावती लगायतका वक्ताहरुले समाजमा देखिने मानसिक समस्याले निम्त्याएको नकरात्मक प्रभाव कम गर्न तालिमले सहयोग पु¥याउने बताएका थिए । १५ दिनसम्म संचालन हुने तालिमको प्रशिक्षण तुलसा चेम्जाङ र लालअञ्जान सम्बाहाम्फेले गर्नुहुने भएको छ । तालिमको उत्घाटन १ नं. वडा अध्यक्ष देबेन्द्रकुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ