Comments Add Comment

खोला अतिक्रमण गरी मोक्षालय बनाएपछि महाेतरीका स्थानिय आक्रोशित

बिशाल बस्नेत

महोत्तरी, ६ जेठ । महोत्तरीको बर्दिबासमा खहरे खोल्सीलाइ अतिक्रमण गरिएको भन्दै स्थानियहरु आन्दोलित भएका छन ।

नदिको छेउमा नै रहेको सामुहिक पितृ मोक्षालय केन्द्रको सौन्दर्यकरण गर्ने क्रममा बर्दिबास-१ मा रहेको पानी खोल्सी अतिक्रमण गरिएको भन्दै स्थानियहरु आन्दोलित भएका हुन ।  खोल्सीको धार नै परिवर्तन हुनेगरी नदिको विचवाट ढ्याम बनाएर मोक्षालय बढाउने नाममा खोला अतिक्रमण गरिएको स्थानियहरुको भनाइ छ । 

मोक्षालय सौन्दर्यकरणको लागी पर्यटन बिकास कार्यालय  मधेश प्रदेशवाट विनियोजित गरिएको  १५ लाख बजेटमा अहिले यहाँ काम भैइरहेको छ । मोक्षालयका अध्यक्ष कृष्ण गौतमले स्थानियहरुसगँ छलफल नै नगरी प्रावधिक इस्टिमेट गर्न लगाएको भन्दै स्थानिय युवा राजु दोङले आपत्ती जनाए ।

'यहाँ वनाइएको संरचनाले खोलाको धार मात्र परिवर्तन भएको छैन, देउराली माद्यामिक विद्यालय र गाउँ नै जोखिममा पर्ने सम्भावना बढेको छ,´ उनले भने । नजिकै रहेको देउराली उच्च माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दोङले विद्यालय र गाउँको संवेदनशीलतालाइ ख्याल नै नगरी पुर्वाधार निर्माण गरिएको वताए ।

संरचना निर्माणको लागी प्रावधिक नापजाँच गर्ने इन्जिनियर माथी पनि स्थानियले आक्रोश ब्यक्त गरेका छन् । इन्जिनियर पेशाको न्युनतम आचारसंहिता समेत ख्याल नगरी नापजाँच गरिएको भन्दै पर्यटन बोर्डका प्राविधिक सुनिल सेखर यादवसँग स्थानियले आक्रोश ब्यक्त गरेका छन् । 

हाल स्थानियहरुले आधा बनिसकेको कामलाइ रोक लगाइदिएका छन । छलफल नगरी काम अगाडि वढाउन नदिने उनिहरुको अडान छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ