Comments Add Comment

फाल्गुनन्दमा खसआर्य समुदायको लागि कर्मकाण्ड प्रवर्द्धन सम्बन्धी कार्यक्रम

 

फाल्गुनन्द गाउँपालिकामा खसआर्य समुदायको लागि तीन दिने कर्मकाण्ड प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम आइतबारदेखि संचालन भएको छ। पालिकाको आर्थिक सहयोग तथा वर्ल्ड कम्युनिकेसन मिडिया नेटवर्क प्रा.लि. को सहजीकरण गरिमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका प्रतिनिधि मनोज थापाले जानकारी दिए। खसआर्यको संस्कार,संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्ने उदेश्यले संचालित कार्यक्रममा प्रमुख अतिथि पालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङको विशेष आतिथ्यतामा उद्घाटन भएको हो।

समुदायमा जन्म, विवाह, मृत्यू पश्चात गरिने काजकिरिया, पाश्‍नी, वार्षिक रुपमा गरिने पाठपूजा र धर्मसंस्कार सम्बन्धी प्रशिक्षण गराइने भएको छ। कार्यक्रममा पालिकाका वडा भित्रका ३५ जना खसआर्य समुदायका अग्रजहरुको सहभागिता रहेको छ भने  प्रशिक्षकमा पण्डित कमल भण्डारी र गोपाल घिमिरेले सहजीकरण गरिरहेका छन्। लिम्बू समुदाय र आदिवासी जनजातीको बाहुल्यता रहेको यस पालिकामा खसआर्यलाई पनि पालिकाले उतिकै सम्बोधन गरिरहेको छ।

अन्य लक्षित वर्ग आदिवासी जनजाति, दलित, महिला, युवा, बालबालिकालगायतको क्षेत्रका लागि मात्र कार्यक्रम तर्जुमा गर्दै आएको गाउँपालिकाले खसआर्य समुदायका लागि समेत कार्यक्रम तर्जुमा गरेपछि खसआर्य समुदाय उत्साहित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि बृजहाङ आङ्देम्बेले शुभकामना मन्तव्य राख्दै पालिकाले सबै जाती,धर्म,भाषा,संस्कार र रीतिरिवाजलाई निरन्तर समावेशी रुपमा उजागर गर्ने लक्ष्यसहित आगामी नीति तथा कार्यक्रममा समेत यस किसिमका थप कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता जनाए जनाउनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ