रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले ३० जना महिलाहरुको लागि ढाका बुनाइ तालिम संचालन गरेको छ। महिलालाई उद्यमी बनाउने उदेश्यले कुम्मायक–१ को सिम्ले र यासोकमा दुई महिने अधारभूत ढाका बुनाइ तालिम संचालन गरेको गाउँपालिकाका उद्यम विकास सहयोगी नारायण सुवेदीले बताए। उनका अनुसार सिम्लेमा छनोटमा परेका १५ जना महिलाहरुको लागि तालिम संचालन गरिएको छ। भने यासोक बजारमा १५ जना गरी ३० जनालाई दुई महिने आधारभूत तालिम संचालन गरिएको हो। दुबै स्थानमा २० जनाको दरले छनोट भएपनि तालिम लिने समयमा संख्या घटेको भन्दै आवश्यकता अनुसार संख्या थप गर्ने सुवेदीको भनाइ छ।
वडाका नागरिकको इच्छा, चाहना र उत्सुक्ताका बीच स्थानीयको मागको आधारमा ढाका बुनाइ तालिम छनोटमा परेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। सिप सिकेर उद्योग संचालन गरी आत्मनिर्भर बन्न सक्ने भएकाले यो तालिम उपयोगी हुने लावतीको भनाइ छ। बजारमा ढाका कपडाको माग धेरै भएकाले पनि यो व्यवसाय फलदायी हुने वडा कार्यालयले जनाएको छ।
वडाले चालु आर्थिक वर्षमा ८० जना नयाँ उद्यमी उत्पादन गर्न लागेको छ। जसअन्तरर्गत अचार बनाउने तालिम यस अघि नै संचालन गरेको छ। त्यस्तै ढाका बुनाइ तालिम, कृषि र पशु तालिम र सिलाई कटाइ तालिमबाट वडामा ८० जना उद्यमी तयार गर्ने वडाले लक्ष्य लिएको छ। उद्यमी उत्पादन गर्नको लागि गाउँपालिकाले प्रविधि हस्तान्त्रण र सिप विकासको लागि १० लाख ७१ लाख रुपैयाँ बिनियोजन गरेको उद्यमी विकास शाखाले जनाएको छ।
.png)