Comments Add Comment

छथर गाउँपालिकाको एक वर्ष पूरा, ११ उपलब्धी सार्वजनिक

रमेश थापा
पाँचथरः स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको एक बर्षको कार्यकाल पूरा भएको छ। यस अवधिमा चुनावमा नागरिकसंग गरेका प्रतिवद्धता पूरा गर्न लागि परिरहेका छन। यस्तै मध्ये तेह्रथुमको छथर गाउँपालिकाले एक वर्षको अवधिमा ११ वटा उपलब्धी सार्वजनिक गरेको छ। चुनावको समयमा जनतासंग गरेका संकल्प र प्रतिवद्धताहरू पुरा गर्ने लक्ष्य अनुरुप एक वर्षका ११ महत्वपुर्ण उपलब्धीहरू सार्वजनिक गरेको हो। 
गाउँपालिकाले सार्वजनिक गरेको बुदाहरुमा पालिका केन्द्र जोड्ने सिधुवा शुक्रवारे सडक कालोपत्रे कार्य सम्पन्न गरेको जनाएको छ। त्यस्तै गाउँपालिकामा निर्माणधिन छथर अस्पताल भवनको पहिलो तला ढलान सम्पन्न सम्पन्न भएको जनाएको छ। क्याम्पस तीन तले भवन सम्पन्न, विद्यालयहरूमा ४ कोठे ३ वटा पक्की भवन निर्माण कार्य सम्पन्न भएको जनाएको छ।
त्यस्तै विद्यालय कर्मचारी कार्यविधी स्वीकृत, एकिकृत पाठ्यक्रम र मुल्यांकन, वि.व्य.स. क्षमता विकास,, आइ.टी मन्टेश्वरी तालिम संचालन। दुई स्थानमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना, ३ वटा स्वास्थ्य चौकी भवन उद्घाटन र प्रयोग, एक स्थानमा ल्याव सेवा विस्तार, छथर अस्पतालमा भिडियो एक्स–रे मेसिन जडान र नवजात शिशु स्वागत उपहार कार्यक्रम लागु गरेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले जनाएका छन। 
गाउँपालिकाले नयाँ र प्रभावकारी उपलब्धीको रुपमा छथरका ११ सय जेष्ठ नागरीकहरूलाई घरघरमा निशुल्क उपचार सेवा, शिविर लगायत नियमित कार्यक्रमहरू संचालन गरेको छ। पालिकाको ढाँडखोला खानेपानी १५ दिनमा संचालन, छथरको भुगोलमा ५ वटा नयाँ खानेपानी योजना सुचिकृत गरी स्वीकृत, २ वटा पक्की सिचाई योजना सम्पन्न, ६ वटा पक्की सिचाई सुचिकृत, १ स्थान बाट लिफ्टिङ्ग सिचाई योजना स्वीकृत गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।
रोजगारी र युवा उद्यमी उत्पादन गर्ने उदेश्यले युवा उद्यमशिलता विकास तालिम, नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको छ भने युवा मार्फत विद्यालय जान नसकेका वालवालिकाहरूको पहिचान गर्ने कार्य सम्पन्न गरेको छ। खेलकुद क्षेत्रमा पनि सफलता हासिल गरेको  छथर गाउँपालिकाले हालै सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड आयोजनामा छथर गाउँपालिका प्रथम हुन सफल भएको छ भने १ जना भलिवल राष्ट्रिय खेलाडी सुचिकृत र धेरै स्थानमा छथर पालिका खेलाडी टिम प्रथम भएको उदाहरण प्रस्तुत गरेको छ।
कृषि र पशुतर्फ मकै विउ उत्पादन पकेट कार्यक्रम लागु, मकै विउ ब्राण्डीङ्ग, समयमै रसायनिक मल उपलब्धता, शाखामा बिएसिजी र थप कृषी तथा पशुपंन्छी शाखा मार्फत वडा वडामा जनशक्ती ब्यावस्थापन, दुग्ध प्रवर्दन विस्तार, पकेट ब्लग कार्यक्रमहरू परिचालन, लम्पी डिजिज रोगथामका लागी योजना कार्यन्वयनको चरणमा पुगेको जनाईएको छ । त्यस्तै वडास्तरमा अपांङ्गता भएका ब्याक्तीहरू र जेष्ठनागरीक परिचय पत्र शिविर संचालन, विभिन्न दिवस, समारोह र सचेतनामुलक कार्यक्रमहरु संचालन भएको जनाएको छ ।
त्यस्तै अर्को महत्वपूर्ण र लोकप्रिय कार्य अन्तरर्गत गाउँपालिकामा सरकारी सभा समारोहरूमा स्थानीय खाजा लागु गर्ने, सामाजिक सुरक्षा भत्ता सहज उपलब्धता, १ स्थानमा साझा सुविधा केन्द्र स्थापना सुरूवात, ढाका, सिलाई कटाई, तरकारी तथा पशुपालन तालिम लगायतको क्षेत्रमा नागरिकलाई सेवा दिदै आएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ