Comments Add Comment

यासोक–फिदिम कालोपत्रे सडकमा ढिलासुस्ती

रमेश थापा
पाँचथरः कालोपत्रेको काम सुरु भएपछि पाँचथरको कुम्मायक गाउँपालिका बासीमा निकै उत्साह थियो। अब बल्ल विकास हुने भयो भन्ने विश्वास लिएका गाउँपालिकावासी ठेकेदारको रबैयाको कारण निरास बनेका छन। यासोक–फिदिम सडक खण्ड अन्तरर्गत यासोक–सरखण्डे कालो पत्रेको काम सुरु भएको वर्षौ भयो। तर हिउँदमा धुलाम्मे सडकका कारण आजित भएका स्थानीय कालो पत्रेको काम अघि नबढेको भन्दै चिन्तित बनेका हुन। 
प्रदेश सरकारको ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रुपैयाँमा लामा च्याङ्गमिला जेभी काठमाडौंले ठेक्का पाएको थियो। सडकको ११ दशमलव ३ सय १० किलोमिटर कालो पत्रे गर्न २०७६ असार ३१ मा ठेक्का लिएको थियो । तीन वर्षमा पूरा गर्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले तीन पटक म्याद थप गरेको छ। तर सडक कालो पत्रेको काम अझै पूरा भएको छैन। २०७८ असार ३० मा सडक कालोपत्रे गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३ पटक म्याद थप गरेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ।
सडक निर्माण कार्य समयमै सक्न पटकपटक निर्देशन र पत्रचार गर्ने काम ग¥यौं । तर त्यसको कुनै प्रभाव परेको छैन्। कार्यालयका इन्जिनियर टीकाराम लिम्बूले भने । योजनाको काम पूरा गर्न तीन पटक गरी १८ महिना म्याद थप भएको छ। अझै कुनै परिणाम देखिएको छैन। यो विषयमा कार्यालयले थप कानुनी पाटोबाट अघि बढ्न सक्ने लिम्बूको दावी छ।
ठेकेदार कम्पनीले जति काम गरेको छ त्यतिनै रकम भूक्तानी लिएको जनाएको छ। हालसम्म सडकको भौतिक प्रगति ६० प्रतिशत मात्रै छ भने् ४९ प्रतिशत रकम भुक्तानी लिएको कार्यालयले जनाएको छ। यता कुम्मायक गाउँपालिकाबाट जनप्रतिनिधि र राजनितिकदलका प्रतिनिधिको टोलिले कार्यालयमै पुगरे योजनामा भएको ढिलासुस्ती बारे जानकारी लिएको छ। योजनामा भएको ढिलासुस्तीको बिषयमा कार्यालयको ध्यानाकर्षण गराएका छौ। सडकको कामले गति लिन्छ भन्ने जवाफ पाएका छौ गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीले भने।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ