पाँचथर: पाँचथरको फिदिम नगरपालिका भित्र रहेका बालविकास केन्द्रलाई रातो बंगला स्कुलको मोडलमा लैजाने बिषयमा सम्झौता भएको छ। नगरपालिका भित्र रहेका १४ वटा बालविकास केन्द्रलाई रातो बंगला स्कुल मोडलमा लैजाने बिषयमा नगरपालिका र रातो बंगला बीच सम्झौता भएको हो। बालविकास केन्द्रको शैक्षिक सुधार गर्न रातो बंगला स्कुल काठमाडौं र फिदिम नगरपालिका बिच सम्झौता भएको फिदिम नगरपालिका उप–प्रमुख राधाकृष्ण न्यौपानेले बताए।
दुबै पक्ष बीच सम्झौता भएपछि भौतिक पूर्वाधार र विधालय छनौट प्रक्रिया सुरु हुने भएको छ। न्यौपानेका अनुसार १० बर्षे गुरु योजनाको संयोजकको आफुले जिम्मेवारी पाएपछि सामुदायिक विधालयमा शैक्षिक गुणस्तर सुधारका लागि पहल भइरहेको उनको भनाइ छ।
गुरुयोजना अन्तर्गत बालविकासलाई पहिलो चरणको रकम रातो बंगलाले दिने र तिन महिना पछि भौतिक पूर्वाधारमा खर्च हुने गरी नगरले दिने गरी दोहोरो समझदारी भएको हो ।
सम्झौता अनुसार रातो बंगला स्कुलले ४० प्रतिशत बेहोर्ने र नगरपालिकाले ६० प्रतिशत रकम बेहोर्ने गरी सम्झौता भएको नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बताए। एक विद्यालयका लागि पहिलो बर्ष करिब १ लाख ५० हजार रकम भौतिक पूर्वाधारको क्षेत्रमा सुधार गर्दै लैजाने काफ्लेको भनाइ छ।
.png)