Comments Add Comment

भन्सार छलि गरेको रासायनिक मल सहित ट्रक चालक पक्राउ

सुनसरी, ११ मंसिर
कोशी गाउँपालिका-४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल सहित बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रकका चालक भारत मझेपुर ग्राम पञ्चायत बोधवा-१२ बस्ने २० वर्षीय धरमेस कुमारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको उक्त मुल्य बराबरको मल फेला पारी ट्रक सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशि ब्यारेजमा बुझाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ