Comments Add Comment

सेनाले बनायो आपतकालिन उद्धारको लागि हेलिप्याड 

रमेश थापा
पाँचथर: पाँचथरको रणशेर गणका सेनाले आपतकालिन उद्धारको लागि हेलिप्याड निर्माण गरेका छन। रणशेर गणको जोरपोखरी पोष्टमा नागरिकको उद्धारको लागि हेलिप्याड निर्माण गरेको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगर्त दुर्गम हिमाली र पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुको लागि हवाई उद्धार हुदै आएको छ।  प्राकृतिक प्रकोपमा परेका नागरिकको अपतकालिन उद्धारको लागि हेलिप्याड निर्माण गरिएको रणशेर गण फिदिमले जनाएको छ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने हिलिहाङ र फालेलुङ गाउँपालिकाका नागरिकलाई आपतकालिन उद्धारको लागि हेलिप्याडको निर्माण गरिएको रणशेर गण फिदिमका प्रमुख सेनानी दिलिप राउतले जानकारी दिए। आपतकालिन उद्धारको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरीलाई समेत जानकारी दिएकाले तत्काल उद्धारको प्रकृया अघि बढ्ने सेनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ